गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ श्वेत गंगा हाइड्रोपारको आईपीओ आजदेखि श्वेत गंगा हाइड्रोपारको आईपीओ आजदेखि Karobarpati बुधबार, २०७९ साउन ४ गते, ०९:१७ मा प्रकाशित काठमाडौं – श्वेत गंगा हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहीक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा ८ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा१८ साउनसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता