२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नजिक

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नजिक


काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार करोड निर पुगेको छ।

अहिलेसम्म तीन करोड ९९ लाख ३७ हजार ६५ जना कोरोना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा तीन लाख ७० हजार ६२० जना नयाँ संक्रमित थपिएका हुन्।

कोभिड—१९ बाट विश्व समुदायमा ११ लाख १४ हजार १८३ जनाले ज्यान गुमाइ सकेका छन् । पछिल्लो २४ घण्टामा थप पाँच हजार ५५४ जनाको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९८ लाख ७९ हजार ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने विश्वमा सक्रिय संक्रमितको संख्या ८९ लाख ४३ हजार ४०१ जना रहेको छ ।

सबैभन्दा बढी प्रभावित देशहरुमा अमेरिकामा संक्रमितको संख्या ८३ लाख ४१ हजार ८३६,भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ भने ब्राजिलमा ५२ लाख २४ हजार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भइसेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ