२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियविश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष

विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष


काठमाडौँ । सन् २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण जारी भएका छन् । मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र थप संकटग्रस्त अवस्थामा पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।

आईएमएफको प्रतिवेदनका अनुसार कोभिड १९ रोकथामका लागि चीनले अन्तर्राष्ट्रिय व्यापारमा लगाएका प्रतिबन्ध, ‘रुस–युक्रेन युद्ध, बढ्दो ऊर्जा र खाद्यान्न संकट,लगायतका कारण विश्व अर्थतन्त्र तीव्र गतिमा कमजोर भइरहेको भने उल्लेख छ ।

सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३।२ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । त्यस्तै, सन् २०२३ मा थप खस्किएर २।९ प्रतिशतमा मात्रै सीमित हुने प्रक्षेपण मुद्रा कोषको रहेको छ ।

हाल विश्वका सबैजसो मुलुकहरूले चरम मूल्यवृद्धि खेपिरहेका छन् । पछिल्लो ४० वर्षयताकै उच्च अंकमा अमेरिका र बेलायतमा मूल्यवृद्धि पुगेको छ ।

 

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र
ट्याग : #अन्तर्राष्ट्रिय मुद्रा कोष, #विश्व अर्थतन्त्र


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ