१३ श्रावण २०७९, नेपाली दलित आन्दोलनकी अग्रणी नेता, दलित महिला संघकी संस्थापक अध्यक्ष, राष्ट्रिय दलित आयोगकी संस्थापक सदस्य सचिव तथा वावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टिकी केन्द्रीय नेता दूर्गा सोवलाई मातृ शोक परेको छ । उनकी माता सत्यदेवी सोवको हिजो १२ श्रावण विहिवारका दिन ललितपुर स्थित स्टार अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनको हिजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तयेष्टि गरियो ।
सो अन्त्येष्टी कार्यक्रममा उनका आफन्त, इष्टमित्र तथा पार्टिका नेताहरुको वाक्लो उपस्थितिले भावपूर्ण श्रद्धान्जति व्यक्त गर्यो । आफ्नाी ममतामयी आमाको निधनमा अत्यन्त मर्माहत भएकी दूर्गा सोव तथा उनको परिवारलाई आफ्नै परिवारको सदस्य सरह ढाडस दिनेमा पूर्व पर्यटन मन्त्री तथा नेपाल समाजवादीकी नेता हिसिला यमी थिईन । श्रद्धान्जलि कार्यक्रमको सुरु देखि अन्त्येष्टी सम्म उनले भावविह्वल भएकी दूर्गा सोवलाई । पटक पटक सान्त्वना र ढाडस दिएको देखिन्थ्यो यो दृष्यले त्यहा उपस्थित अन्य मलामी तथा सहभागीहरुलाई पनि भावविह्वल वनाई रहेको थियो । सो श्रद्धान्जलि कार्यक्रममा नेपाल समाजवादी पार्टिका धेरै नेताहरुको उपस्थिति थियो भने त्यसमा भर्खरै निवर्तमान भएका कृषि मन्त्री महेन्द्रराय यादव पनि थिए ।
स्वर्गीय सत्यदेवी सोव सदुुर पश्चिमको डोटी मै जन्मेर त्यहिं आफ्ना छोराछोरीहरुलाई आवश्यक शिक्षा दिक्षा दिएकी थिईन । आफु निरक्षर भएता पनि शिक्षाको महत्व वुझेकी सत्यदेवीले जातीय तथा लैंगिक विभेदको राजधानी मानिने डोटी जस्तो ठाउमा पनि अनेक प्रकारका विभेद, कष्ट तथा अभाव सहेर पनि छोरा छोरीलाई शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेकी हुंदा उनलाई जनउत्थान प्रतिष्ठानले २०६२ सालमा रु १० हजारको भिममाया जनउत्थान पुरस्कार प्रदान गरेको थियो । उनले श्रीमानलाई चाडै गुमाए पछि पनि परिवारको रेखदेख मात्रै नगरिकन समाजमा उदाहरणीय योगदान पुर्याउने सन्तानको भरणपोषण गरेकीले सो पुरस्कार दिईएको थियो । सो पुरस्कार रकममा त्यत्तिकै रकम थप गरेर महिला शिक्षामा प्रयोग गर्नको लागि पुरस्कार प्रदान गर्ने संस्थालाईनै दिइएको थियो ।
खास गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको दलित महिला आन्दोलनलाई स्थापित गरि केही हदसम्म अधिकार प्रत्याभूत गराउन समेत सफल दूर्गा सोवलाई त्यो स्थानमा पुर्याउन योगदान पुर्याएकी हुंदा न्यूज २४ मा सवीना कोईरालावाट संचालित आमा कार्यक्रममा पनि उनलाई चित्रण गरिएको थियो । कुनै समयको चर्चित कार्यक्रम मध्येको एक सो कार्यक्रममा सत्यदेवीलाई चित्रण गरिनु आफैमा महत्वपूर्ण कुरा थियो । मान्छे जन्मिय पछि मर्नु पर्छ यो जीवनको शाश्वत नियम हो यसलाई कसैले वदलेर वदलिदैन तर आफ्नो जीवनकालमा देश र समाजको हितमा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान गर्ने व्यक्तिहरु भनै सधै स्मरणीय हुने छन् । सत्यदेवीलाई चित्रण गरिएको आमा कार्यक्रम न्युज २४ तथा युट्युवको कुनै आर्काइभमा रहेको छ सो आर्काइभमा रहे जस्तै उनी हामी विच पनि रहि रहने छिन् ।