अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव चरम सिमामा पुगेको छ । न्यान्सी पेलोसी तल्लो सदनकी हाउस अफ रिप्रिजेन्टेटिभ्स हुन ।
समाचार ऐजन्सीहरुमा प्रकाशित रोयटर्सका अनुसार पेलोसी एसिया भ्रमणका लागि सोमबार सिंगापुर पुगेकी थिइन्। उनी आजै साँझ वा भोलि बिहान ताइवानको राजधानी ताइपेई पुग्ने सम्भावना छ। ताइपेईबाट उनी दक्षिण कोरिया र जापान जाने कार्यक्रम बताइएको छ।
पेलोसीले पहिलादेखि नै ताइवान जान चाहिरहेकी कुरालाई अमेरिकी अधिकारीहरूले जनाएको छ । तर पेलोसीको सार्वजनिक भ्रमण तालिकामा ताइवान उल्लेख गरिको छैन ।
चीनले ताइवानलाई आफ्नो अभिन्न अंग ठान्छ र एकदिन यो टापु चीनमा समाहित हुने अपेक्षामा रहेको छ।
यसअघि चीनले पेलोसीलाई ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । पेलोसी चीनको कटू आलोचक मानिन्छ । अमेरिकाले भने चीनको त्यस्तो चेतावनीले नडराउने जवाफ फर्काएको छ।
अमेरिका र चीनका राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीका क्रममा पनि यो विषय चर्चा भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले पेलोसीले ताइवान भ्रमण गर्न नहुने बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवान जानेरनजाने निर्णय पेलोसीले गर्ने र आफूले त्यसमा हस्तक्षेप गर्न नसक्ने जवाफ फर्काएको थिए।
अमेरिकी अधिकारीहरूले पेलोसीको ताइवान भ्रमणले अमेरिकाको चीनप्रतिको नीतिमा कुनै परिवर्तन नहुने बताएका छन्।
‘यता चीनले हामी फेरि एक पटक अमेरिकालाई भन्न चाहन्छौं कि चीन तयार भएर बसेको छ, चिनियाँ जनमुक्ति सेना चुप लागेर बस्ने छैन र चीनले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि प्रभावकारी र शक्तिशाली जवाफ फर्काउनेछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भनेका छन्,‘यदि उनले ताइवान जाने दुस्साहस गरिन् भने नतिजा राम्रो नहुने चेतावनी दिएको छ ।
त्यसैगरी वासिङ्टन र बेइजिङका अधिकारीहरूले कडा प्रतिक्रिया दिइरहेका बेला ताइवान आसपासको समुद्रमा युद्धपोत र लडाकु जहाजहरू थपिएका छन्।
एजेन्सीहरुको रोयटर्सका अनुसार अमेरिकाले मंगलबार चार वटा युद्धपोतलाई ताइवानको नजिक ल्याएर राखेको छ। अधिकारीहरूले यसलाई नियमित प्रक्रिया भएको बताए पनि पेलोसीको भ्रमणका लागि युद्धपोत ताइवान वरपर जम्मा गरेको मानिएको छ ।
साथै यता चीनले पनि ताइवानतिरको समुद्रमा लडाकु जहाज बाक्लो संख्यामा पठाएको छ। चीन र ताइवानको अनौपचारिक सीमा भएको स्थानसम्म थुप्रै चिनियाँ युद्धपोत खटिएका छन्। आकाशमा पनि चिनियाँ लडाकु जहाज मेडियन लाइनसम्म उडेका छन् भने समाचार ऐजेन्सीहरुले उल्लेख गरिएको छ।