२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ लाख घुससहित रंगेहात पर्यटन मन्त्रालयका उपसचिव पक्राउ

६ लाख घुससहित रंगेहात पर्यटन मन्त्रालयका उपसचिव पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुस सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई रंगेहात पक्राउ गरेको छ ।

उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

उनीविरुद्ध अख्तियारमा पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उजुरी परेको थियो । त्यसपछि अख्तियारको टोलीले उनलाई रंगेहात घुस सहित पक्राउ गरेको हो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ