२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटज्योति समुहले हिमालयन बैंकको सेयर २४ करोडमा बेच्यो

ज्योति समुहले हिमालयन बैंकको सेयर २४ करोडमा बेच्यो


काठमाडौं । ज्योति समुहले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेचेको छ ।

बैंकको ८ लाख १५ हजार १७२ कित्ता सेयर ज्योति समुहले २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँमा कर्मचारी सञ्चयकोषलाई बेचेको छ ।

ज्योति समूहले यसअघि पनि बैंकको संस्थापक सेयर बिक्री गरेका थियो । ज्योति समूहमा देखिएको आन्तरिक कलहको कारण आफूसँग भएको संस्थापक सेयर धमाधम बिक्री गर्न थालेका छन् । आइतबार कारोबार सुरु भएको केही समयमा नै सेयर बैंकको संस्थापक सेयर खरिद बिक्री भएको हो । नेप्सेले जनाए अनुसार सो सेयर प्रति कित्ता ३ सय रुपैयाँमा किनबेच भएको हो ।

ज्योति समुहमा पछिल्लो समय दुईभाई पद्म ज्योति र रुप ज्योतिबीच सम्पत्तिको विवादलाई लिएर निकै ठूलो विवाद भएसँगै सो विवाद प्रहरी,कम्पनी रजिष्ट्रार कार्यालय हुँदै अदालतसम्म पुगेको छ ।

हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी पाकिस्तानको हबिब बैंकले सेयर बेचेर बाहिरिने निणर्य गरेपनि खरिदकर्ता पाएको छैन । त्यसपछि ठूलो सेयरधनी सरकारको लगानी रहेको कर्मचारी संचय कोषले कानूनले मिलेसम्म हिमालयन बैंकको सेयर किन्ने जनाएको छ । संचय कोषलाई कुनैपनि बैंक तथा वित्तीय संस्थामा चुक्ता पूँजीको २५ प्रतिशतसम्म सेयर किन्ने सक्ने सिमित अधिकार छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ