काठमाडौ । आज नेप्से परिसूचक १८.९६ अंकले घटेर २०३७.९२ अंकमा पुगेर बन्द भएको छ ।
आजको दिनमा २२३ कम्पनीको ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर रु १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ मूल्यमा किनबेच भए ।
सेयर बजारमा आज सामूहिक लगानी कोषको सेयरको मुल्यमा ०.०७ अंकले वृद्धि भयाे भने अन्य १२ उपसमूहहरु रातम्मै भए । बैंकिङ ०.०२, व्यापार ०.११, होटल तथा पर्यटन ५०.०१ विकास बैंक ५७.३३, जलविद्युत् ३१.७८, वित्त ४०.१७, निर्जीवन बीमा ६३.७८, उत्पादन ८२.१८, अन्य ३०.९, लघुवित्त ३३.९४, जीवन बीमा ६७.८२ र लगानी १.२४ अंकले घटेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ७ करोड २७ लाख ९४ हजार ७३७ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी ६ करोड १२ लाख १५ हजार १९२, नेष्डो समृद्धि लघुवित्त ५ करोड ४६ लाख ९७ हजार ५ सय ९२, हिमालयन एभरेष्ट इन्स्योरेन्स ४ करोड ६१ लाख ५१ हजार ४०४ र नबिल बैंक ४ करोड ५१ लाख १५ हजार ३५१ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको दिनमा हिमालयन हाइड्रोपावर ९.९९, अप्पर हेवाखोला हाइड्रोपावर ९.९८, एनआइसी एशिया सेलेक्ट फण्ड ४.२१, दोर्दी खोला जलविद्युत् कम्पनी ३.८२ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतले कमाएका छन् ।
युनिलिभर नेपाल ८.२३, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.५६, हिमालयन एभरेष्ट इन्स्योरेन्स ५.९४, समृद्धि फाइनान्स कम्पनी ४.९७, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.८७ प्रतिशतले गुमाएका छन् ।