२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदप्रशिक्षक प्रभाकर आज आइपुग्ने

प्रशिक्षक प्रभाकर आज आइपुग्ने


नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् ।

प्रशिक्षक  प्रभाकर बेलुका  ६ः१० मा काठमाडौं आइपुग्ने छन् । क्यानले प्रभाकारलाई १ बर्षको लागि सोमबार मुख्य प्रशिक्षकमा नियुक्ति गरेको थियो ।

पुदुबु दसानायाकेले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पदबाट राजिनामा दिएका थिए ।

आउदो भदौमा हुने केन्या भ्रमणसँगै प्रभावकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन । उक्त भ्रमणमा नेपालले केन्याविरुद्ध ५ टी ट्वान्टी र ३ एक दिवसीय शृंखला खेल्ने छ ।

केन्या विरुद्धहुने उक्त शृंखलामा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन । त्यस्तै कुशल भुर्तेल र बिनोद भण्डारी भने टिमबाट बाहिरिएका छन ।
प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ