२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको मूल्य फेरि घट्यो

सुनको मूल्य फेरि घट्यो


काठमाडौं, २८ भदौ । आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको जनाएको छ ।

सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ९३ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै तेजाबी सुनको मूल्य तोलाकाे ९३ हजार रुपैयाँमा रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ