काठमाडाै । सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल सगँ अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रा.लि.संग सम्झौता गरेको छ ।
मंगलबार सनराइज बैंकको केन्द्रिय कार्यालय गैह्रिधारामा आयोजित एक समारोह बिच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिस प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धर ले सम्झौतापत्र आदान प्रदान गरेका हुन।
सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्न युपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भने यस सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआई मार्फत सनराइज बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतिय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवा लाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउदै कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंकको रुपमा अगाडी बढी रहेको यस बैंकले २५,००० भन्दा बढी मर्चेन्ट नेटवर्क ( पीओएस तथा क्यूआर ), १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।