२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिअब गठबन्धनले  ४ असोजमा सिट बाँडफाँट टुंग्याउने

अब गठबन्धनले  ४ असोजमा सिट बाँडफाँट टुंग्याउने


काठमाडौं – सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ । सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए ।

तर, मल्ल भने निर्वाचन क्षेत्र बाडफाँटका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको बताए । माओवादी पार्टी पदाधिकारीको बुधबारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ