काठमाडौ । यस बर्षको बडा दशैको शुभ साइत असोज १९ गते बुधबार ११ बजेर ५१ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार एक सुचना जारी गदै यस बर्षको विजया दशमीको उत्तम साइत सार्वजनिक गरेको हो ।
समितिका अनुसार विजया दशमीको दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरेर मान्यजनबाट देवीको प्रसादका रूपमा ११ बजेर ५१ मिनेटकाे उत्तम साइतमा टीका लगाउन सकिने जनाएको छ ।
नवरात्री पहिलो दिन घटस्थापनाको शुभ साइत भने असोज १० गते बिहान १० बजेर २३ मिनेटमा रहेको छ । दोस्रो दिन असोज ११ गते झण्डा फेर्ने साइत ११ बजेर ११ मिनेटमा उत्तम रहेको समितिले बताएको छ ।
त्यस्तै चौथो दिन १४ गते पचलीभैरव ,छैठौं दिन १६ गते फूलपातीको दिन बिहान १० बजेर ५ मिनेटमा तुलजा भवानी यात्राको साइत रहेको र तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने बिहान ११ बजेर ३५ मिनेटमा रहेको उक्त सुचनामा उल्लेख छ ।
सातौं दिन १७ गते सोमबार महाअष्टमीको रात कालरात्रि मनाइन्छ । आठौ दिन १८ गते मंगलबार महानवमी र नवौ दिन १९ गते बुधबार नेपालीको महान् पर्व बडादशैँको दिन बिहान ७ बजेर ३५ मिनेटमा तुलजा भवानी यात्रा,स्थिरासनमा ८ बजेर ४७ मिनेटमा र बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरेर ११ बजेर ५१ मिनेटमा पूर्वी मोहडा गरेर टिका लगाउन शुभ साइत रहेको समितिले जनाएको छ ।
असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा परेको छ ।
