२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटरेमण्डको सातौं शोरुम गोल्फुटारमा

रेमण्डको सातौं शोरुम गोल्फुटारमा


 

विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्ड ले नेपालमा आफ्नो सातौं शोरुम गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सोमबार भब्य कार्यक्रमबीच पुुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काद्धारा समुद्घाटन समारोह सम्पन्न भएकोे छ ।

 

नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध छन् ।यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले (पराबैजनी किरणले) समेत कुनै असर नपार्ने अत्याधुनिक बिशेषता युक्त गुणस्तरिय कपडाहरु रहेको सोरुमले जनाएको छ ।

यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्ड का उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दा स्तरिय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्ड ले जनाएको छ ।

सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्टे्रलियाबाट ल्याइन्छ साथै उल मार्क गुणस्तर चिन्ह प्राप्त छ ।

 

रेमण्ड का अध्यक्ष संजय अधिकारी आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताए । त्यसैले उपभोक्ताहरुलाई उनले यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड ब्राण्ड खरिद गर्न सक्ने बताए ।

 

नेपालको पुतली सडकमा रेमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेट सहित रेमण्डका ब्राण्डहरु देशका विभिन्न ६ स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् । साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदि मा रेमण्डब्राण्ड का शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ