२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलक्ष्मी क्यापिटल र उर्जा डेभलपर्स बीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्स बीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न


 

काठमार्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।
आइतबार सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरे ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पुर्‍याइरहेको उर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।

उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गदै लक्ष्मी क्यापिटल संगको यस सम्झौताले उर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनी अन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार, उर्जा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ