२०८१ माघ १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रविधिनयाँ पुस्ताको लागि नयाँ फोन सामसुङको ‘ग्यालेक्सी ए०४एस’ बजारमा

नयाँ पुस्ताको लागि नयाँ फोन सामसुङको ‘ग्यालेक्सी ए०४एस’ बजारमा


काठमाडाैं । सामसुङले ‘ग्यालेक्सी ए०४एस’ बजारमा ल्याएको छ ।

उत्कृष्ट मोबाइलकाे अनुभव प्राप्त गर्न सकिने सामसुङको ‘ग्यालेक्सी ए०४एस’मा ट्रिपल रियल क्यामरा र फोटोग्राफीको नयाँ युगको अनुभव गर्न लिन सकिने कम्पनीले जनाएको छ ।

‘ग्यालेक्सी ए०४एस’मा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा ,५ एमपी सेल्फी क्यामरा पनि फोनमा समावेश छ । जसले सेल्फी फोकस फिचर दिने सामसुङले जनाएको छ ।

ग्यालेक्सी ए०४एस ‘९०एच जेड रिफ्रेस रेटको साथ ६ दशमलव ५ एच डी एमोलिड डिस्प्लेसँग ।

कम्पनीका अनुसार एक चोटिको चार्जमा पुरा २ दिनसम्म टिक्ने ५ सय एमएएच ब्याटरीको साथमा सामसुङले जरुरी काम गर्नका लागि पर्याप्त समय दिने सकिने छ ।

त्यस्तै, सार्वजनिक फोनबाट मनपर्ने शो स्ट्रिमिङ्ग तथा सोसल मिडिया स्क्रोलिङ्ग गर्न सहज हुने पनि कम्पनीले जनाएको छ ।

ए०४एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ । १२८ जीबी रोम सहितको ४जीबी र्‍याम भएको ए०४एसको मूल्य रु.२१,९९९/- छ भने ६४जीबी रोमसंग जीबी र्‍याम भएको फोनको मूल्य रु.१९,९९९/- रहेको छ ।

 

ए०४एस ले ए- सीरिजको हरेक मूल्यदरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन र आफ्नो युजरको लागि चाहिने सबै आवश्यक सुविधा र विशेषता सबैको पहुंचमा हुने मूल्यमा दिएर यो- सिरिजको प्रवृतिलाई कायम राख्न सक्षम रहेको कम्पनीले बताएको छ ।


क्याटेगोरी : प्रविधि



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ