काठमाडौं । वडा दसैँपछिको पहिलो कारोबार दिनमै ३ बर्षयताकै सेयर बजारमा उछाल आएको छ ।
आज नेप्से ४० अंकभन्दा बढीले वृद्धि भएर १६४७ अंक पुगेको छ । यही साउन नेप्से १६५३.५३ अंक थियो त्यसपछि घटेको नेप्से ११०० अंकसम्म झर्यो ।
सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको बेला लगानीकर्ताले लाभांश बुक गर्न दसैँपछि बजारमा खरिद चाप बढाएका छन् । विशेष गरेर वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण हुँदा नेप्से उकालो लागेको हो ।
वाणिज्य बैंक समूहको प्रतिनिधित्व गर्ने बैंकिङ समूहको सूचक ४.२७ प्रतिशतले वृद्धि हुँदा नेप्से २.५७ प्रतिशतले बढेको छ । हिजो ४१.२ अंकले वृद्धि हुँदा नेप्से १६४७.४५ अंकमा बन्द भएको छ । २०७२ मा अहिलेसम्मकै उच्च १८८१ अंकमा पुगेर झरेको नेप्सेले पुनः सोही विन्दु पछ्याउँदै गएको विश्लेषकहरु आंकलन गरेका छन् ।
दसैँअघि नेप्से १६०६.२५ अंकमा बन्द भएको अवस्थामा हिजो प्रि(ओपनिङ सेसनमा २०७४ साउन १२ गते १६१२.५१ अंकमा खुलेको नेप्से बजार खुलेसँगै लगातार बढेको हो । सूचीकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेको, बैंकमा कर्जाको ब्याजदर घटेको पर्याप्त तरलाता भएको कोभिड १९ को महामारीका कारण व्यापार व्यावसाय प्रभावित हुँदा लगानीको सुरक्षित क्षेत्रका रुपमा सेयर बजार रहेकाले नेप्सेले यसअघिको १८८१ अंकका रेकर्ड तोड्ने सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।
दसैँपछिको पहिलो कारोबारर दिनमै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचकमा देखिएको उछाल र त्यसले नेप्सेमा भएको वृद्धिले पनि अझै बढ्नसक्ने संकेत देखिन्छ ।
हिजो नेप्सेमा व्यापारबाहेक अन्य सबै समूहको सूचकमा हरियाली देखिएको छ । विकास बैंक समूहको सूचक पनि २.९१ प्रतिशत वृद्धि भएको छ । यस्तै व्यापार समूहको सूचक भने ०.८ प्रतिशतले घटेको थियो ।
हिजो नेप्सेमा कारोबार रकम तथा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा वाणिज्य बैंकहरुको नै वर्चश्व रहेको छ । नेप्सेमा १८८ कम्पनीको ९३ लाख २२ हजार ०८५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ७२ करोड ५९ लाख ९४ हजारको सेयर कारोबार भएको छ । ४२ हजार ६१८ वटा कारोबारबाट उक्त रकमको सेयर किनबेच भएका थियो ।
हिजो नेप्सेमा गुमाउने भने हाइड्रोपावरका लगानीकर्ता छन् । धेरै सेयर मूल्य घट्ने ५ कम्पनीमा हाइड्रोपावर मात्रै छन् ।