२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअटोबजाज ग्रान्ड एक्सचेन्ज फेस्ट अफर पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सकिने

बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट अफर पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सकिने


काठमाडौँ – बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट” योजना ल्याएको छ ।

कम्पनीले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ ल्याएको “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट” अफर काठमाडौँको भृकुटीमण्डपमा असोज ७ गतेदेखि असोज १० गतेसम्मका लागि लागु हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् भने साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा रु. ७ हजार थप मुल्य पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७ हजार सम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।

यस एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् ।

अशोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको छ ।


क्याटेगोरी : अटो



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ