२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा

सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा


काठमाडाै। सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई नगद लाभांशको घोषणा गरेको छ ।

बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको ४०३ औं बैठकले शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुन आउने १२ करोड ७८ लाख ८७ हजार ६६१ रुपैया नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले हाल १८० शाखा कार्यालय, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइहरूमार्फत सेवा दिँदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ