विश्व भाषा क्याम्पसमा जर्मन भाषा अध्ययनरत विद्यार्थीहरुको एक “Lerne gut Deutsch” (जर्मन राम्रोसँग सिक्नुहोस् ) नामक समुहले काभ्रेको श्री डेडीथुम्का माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री तथा चकलेट वितरण गरेको छ । काभ्रेको माण्डनदेउपुर नगरपालिका वडा नं. ८ मा अवस्थित यस विद्यालयको भौतिक संरचना भूकम्प पश्चताप जर्मन इर्मेन्जेसी डाक्टरसको क्याप एएनएमआर परियोजनाले निर्माण गरेका हुन ।
वि.स. २०१६ सालमा स्थापना भएको यस विद्यालयमा अधिकाश गरिब, विपन्न, तथा सिमान्तकृत परिवारको बालबालिका पढने गरेका छन । बाल कक्षा देखि १० कक्षासम्म ३ सय १० विद्यार्थी अध्ययनरत छन । आर्थिक रुपमा विपन्न घाट तथा भठ्ठामा काम गर्ने परिवारको बालबालिका अध्ययनरत रहेको हुनाले नै यस विद्यालयमा शैक्षिक समाग्री वितरण तथा भ्रमण रोजेको विश्व भाषा क्याम्पसका शिक्षक तथा “Lerne gut Deutsch” (जर्मन राम्रोसँग सिक्नुहोस् ) समुहका टिम लिडर दिनानाथ अमागाइले बताउनु भयो । उहाँले यस विद्यालयमा हाम्रो समुहबाट बालबालिकालाई अतिरित भाषा सहित ज्ञानमूलक शिक्षा दिन केही स्वंमसेवक खट्ने पनि जानकारी गराउनु भयो ।
विद्यालयका प्रधानध्यापक खिमराज केसीका अनुसार, अधिकाश आर्थिक रुपमा विपन्न दनुवार जातिका बालबालिका अध्ययन रहेको हुनाले गाँउ नगरबाट बाहिर जाने अवस्था नरहेको हुनाले भविष्यमा प्लस टु सम्म बनाउने योजना रहेको बताउनु भयो ।
विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा जर्मन भाषा विज्ञ अनिल सापकोटाले यस विद्यालयलाई जिल्लाका नमुना विद्यालय बनाउने लक्ष्य रहेको बताउनु भयो ।
“Lerne gut Deutsch” (जर्मन राम्रोसँग सिक्नुहोस् ) यो समुहले प्रत्येक शनिवार नयाँ ठाँउको भ्रमण सामुहिक रुपमा गर्दै आएका छन । यस समहुमा जर्मन भाषा सिक्न चाहने तथा जर्मन भाषालाई माया गर्ने जो सुकै पनि फेसबुकमा रहेको Lerne gut Deutsch पेज मार्फत सहभागि जनाउन सकिनेछ ।