२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्धारा १७.८३ प्रतिशत लाभांशको घोषणा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्धारा १७.८३ प्रतिशत लाभांशको घोषणा


काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७.८३ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको १०२ औ बैठकले आर्थिक बर्ष २०७६/७७ नाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

संस्थाले चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रुपैयाँको १६.९३९९ प्रतिशतले हुने रकम १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर र त्यसको कर प्रयोजनको लागि ०.८९१६ प्रतिशतले हुने रकम ७६ लाख २४ हजार २१०.५३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्विकृत गरे पछि संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ