२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने

एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने भएको छ ।

कात्तिक १९ गते बुधबारका दिन बसेको बैंकको सञ्चालक समितिको ३२२ औँ बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण हुनेछ ।

अहिले बैंकको चुक्ता पुँजी आठ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ