२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदनवौं राष्ट्रिय खेलकुदको उदघाटन आज

नवौं राष्ट्रिय खेलकुदको उदघाटन आज


पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।

पोखरा रंगशालामा  विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन । अपरान्ह ४ बजे उपराष्ट्रपति पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् ।

उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् भने उदघाटन समारोहमा मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् ।


क्याटेगोरी : खेलकुद, गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ