काठमाडौं- हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको साधारण सभा शुक्रबार बस्दैछ । सभा एम्बास्डर हाेटल लैनचौर काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।
सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७९-८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।