रौतहट जिल्लाको दक्षिण सिमानामा अवस्थित राजपुर नगरपालिकाका कुल जनसंख्या ५४ हजार रहेको छ । मुस्लिम जनसंख्याको वहुलता भएको यस नगरपालिकामा सीमान्तकृत तथा दलित समुदायको वसोवास समेत अत्याधिक सख्याँमा रहेको छ । नेपालको सरदर आय लगभग १३५० सय डलर भएको अवस्थामा यहांको सरदर आय ७५७ डलर मात्रै रहेको छ । यसको अर्थ यहाँ गरिबीको अवस्था भयाभह छ । गत वैशाखमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनवाट नयां जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका छन् । उनीहरुले कार्य सम्पादन गरेको पनि ६ महिना विति सकेको छ । गत आषाढ महिनामा यस नगरपालिकाले आफ्नो नीति, कार्यक्रम तथा वजेट पनि सार्वजनिक गरि सकेको छ । यस्तो अवस्थामा सो नगरपालिकाले आफ्ना जनताहरुको समग्र आर्थिक तथा सामाजिक विकासका लागि अघि सारिएका नगरका दीर्घकालीन योजनाबारे कारोवारपाटीका कार्यकारी सम्पादक उत्सव महराले प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसँग गरेको कुराकानीको सार संक्षेपः
तपाईको आफनो पृष्ठभुमि बताईदिनुस् । कहिले निजामति सेवामा प्रवेश गर्नु भयो ?
धन्यवाद ! मेरो नाम बैजु ठाकुर । मेरो घर रौतहट जिल्लाको तत्तकालिन गाबिस पिपरा-पोखरीया वडा नं. १ हाल कटहरीया नगरपालिका वडा नंः ८ मा पर्छ । २०५५ सालमा निजामति सेवामा प्रवेश गरेको छु । हाल राजपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर कार्यरत छु ।
तपाईको पहिलो स्थानीय तहको कार्यकालको कस्तो रहयो ?
स्थानीय तह नेपालको संविधानले परिभाषित गरे अनुसार स्थानीय तहमा सम्पूणर् अधिकार स्थानीय जनप्रतिनिधिहरु, नगरसभा र कार्यपालिकाले गरेको जुनसुकै निणर्यलाई कर्मचारीले पालन गर्ने हो । निणर्यको छनौट भएका योजनालाई कार्यन्वय गर्ने कर्मचारीको भुमिका हुन्छ । अहिले सम्म त्यही गरी रहेको छु । यो भन्दा पहिलाको जनप्रतिनिधिको पालामा पनि यसरी नै काम गरे । अहिले पनि काम गर्दैछु । मेलै व्यक्तिगत तथा संस्थागत रुपमा राम्रै महसुस गरेको छु ।
आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कस्ता खालका योजनाहरु प्राथमिकतामा परेका छन ?
स्थानीय तह गठन भए देखि यो दोस्रो कार्यकाल हो । यो कार्यकालमा आएको युवा नगरप्रमुखले निवार्चित पदाधिकारीहरुले राजपुर नगरपालिकाले कसरी काम गर्दा समवृद्वि, सक्षम र विकसित हुन्छ, सम्पूणर् वर्ग समुदाय दलित लगायतको उत्थान कसरी हुन्छ भने किसिमले यो बर्षको नीति तथा कार्यक्रम समयमा सम्पन्न भएको अवस्था छ । र समयमा सम्पन भई सक्दा तिनीहरुलाई सूचक तोकेर, दलित मुस्लीम, पिछडिएका वर्गलाई स्वास्थ्य तथा शिक्षाको दृष्टिकोणले कसरी जीविकोपार्जनमा समवृद्वि बन्न मदत गर्छ त्यस्तै कार्यक्रम राजपुर नगरपालिकाले ल्याएको छ ।
मुस्लीमको बहुलियता भएका ठाँउ, दलित समुदायको समेत जनसंख्या धेरै नै छ । यो बर्षको बजेटमा ठ्याक्कै मुस्लिम र दलितको लागि के-कस्ता कार्यक्रम ल्याइएको छ ?
बडौ रोचक प्रश्न । सब भन्दा पहिला राजपुर नगरपालिकालाई व्यवस्थित गर्न, निरक्षरको तथ्यांक संकल्न गर्न लगायो । तथ्यांक आएपछि मुस्लीम र दलित समुदायको विकास नहुनुको कारण शिक्षा हो भन्ने थाहा भयो । यस नगरपालिकामा ६८ प्रतिशत मुस्लिम र ३२ प्रतिशत हिन्दु रहेको छ । बालविवाह न्युनिकरणका कार्यक्रम पालिकामा छ त्यसले गर्दा अलि कम भएको छ । नेपाल सरकारले २० बर्ष तोकेको विवाह उमेर यहाँ पालन भएको छैन । त्यसकारण शिक्षामा असर पुगेको छ । हामी नगरको सबै समुदायका स्कुल नजाने बालबालिकालाई कसरी सारक्षार बनाउने, स्वास्थ्यमा कसरी पहुँच बढाउने सो अनुसार कार्यक्रम लिएर आएका छौं । सोही अनुसार क्रियाकलाप अगाडी बढी रहेको छ ।
संविधानले दलित, जनजाति, महिला, मुस्लिम, वालवालिका, अपांगता भएका तथा जेष्ठ नागरिकहरुको आर्थिक, सामाजिक विकासका साथै उनीहरुलाई विभिन्न खालका सामाजिक सुरक्षाका कार्यक्रम गर्ने प्रावधान गरेको छ अतः यसका लागि तपाईको सोच के छ र के गर्दै हुनु हुन्छ ?
वित्तिय सुशासन कायम गर्न हाम्रो पालिकाले अनुशासित भई पार्दिशिता भई संञ्चालन गर्द आएको छ । सामाजिक सुरक्षाको कुरा जस्तै बालपोषणको लगायतका अन्य सेवाहरु बाट राजपुरवासीलाई ढेस नपुगोस भन्नेर एकदम पार्दिशित रुपमा सेवा प्रवाह भइरहेको छ ।
गत बैशाखमा नेपाल मतदाता अधिकार मञ्चले एउटा सर्वे गरेको थियो त्यस अन्तरर्गत १८ जना महिला र दलित महिला सदस्यसँग कुराकानी गर्दा भुमिका विहिन तर माइन्युटमा हस्ताक्षर मात्र गराएको तथ्य पत्ता लाग्यो । यसको बारेमा के भन्न हुन्छ ?
अब बोल्नु पर्दा उहाँहरु के आधारमा बोल्नु भयो मलाई थाहा छैन । तर मैले बुझे अनुसार निर्वाचित पदाधिकारीहरुले आफनो समुदायले चाहेको नीति तथा कार्यक्रम बनाईदिने हो । उहाँहरु आफु चलाउने होइन । कानुनमा कही पनि छैन कि निवार्चित सदस्य, वडा अध्यक्ष उप-मेयर वा मेयरले आफैले बजेट चलाउनु पर्छ ।
उनीहरुको गुनासो माइन्युटमा हस्ताक्षर गराउनुहुन्छ तर हामीले चाहेको योजना पनि छनोट हुदैन?
माइन्युटमा हस्ताक्षर गर्दा उहाँको सोध्ने अधिकार छ त । किन सोध्नु हुन्न ? यो व्यक्तिगत आरोपका कुरा हुन । कानुनमा पनि व्यवस्था छ एउटा योजना प्रक्रिया सात चरणको हुन्छ । संम्बन्धीत वडामा सिफारीस भएर आएको योजना विषयगत समिति लगायत सात चरणमा पास भई प्राथमिकताकरणमा जान्छ । उहाँहरु किन कसरी भन्नु भयो थाहा छैन । उहाँहरुले नै स्वीकृति गरेपछि नीति तथा कार्यक्रम संञ्चालनमा आउछ ।
यो क्षेत्रको दलित वर्ग अवस्था यस्तो छ कि समान्य उपचार खर्च पनि गर्न मुश्किल छ । दलित समुदायलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले सक्छ ?
यस नगरपालिकामा दलित लगाएत सम्पूणर् महिलालाई गर्वभवती अवस्थामा एम्बुलेन्स सेवा निः शुल्क छ । यो जिल्लामा सब भन्दा बढी जन्मदर भएको राजपुर नगरपालिका हो । दलित र विपन्नका लागि परी आएको बेला जिल्ला बाहिर जाने एम्बुलेन्समा समेत शुल्क लिईदैन । यदि दलित विपन्नले स्वास्थ्य उपचारको लागि निवेदन पालिकामा दिएको बेलामा हामीले सहयोग गर्ने गरेको छौं ।
युवालाई राेजगारी दिन् पालिकाले केही काम गरेको छ ?
गरीब वर्ग, दलित, युवा लगाएतकालाई चाहेको सिप सिक्न “सिप विकास तालिम केन्द्र” सँग सहकार्य गरी सकेको छौ । यो निणर्य पनि भई सकेको छ । सिप र तालिमको लागि आश्वक परेको खण्डमा आर्थिक सहयोग पनि गरेको छौ । बजेट पनि विनियोजन गरेको छौ । यो बर्ष पनि यो निति लिएको छौ । दलित विपिन्न वर्गका बालबालिकाले अफनो माथिलो शैक्षिक प्रमाण पत्र ल्याएर थप अध्ययन गर्नको लाई आर्थिक सहयोग माग्यो भने त्यसको व्यवस्थापन गर्ने गरेका छौ । यो भन्द पहिला पनि बालबालिकालाई साइकल र लत्ताकपडा तथा पोशाक वितरण गरेका थियौ ।
विगतका महिला जनप्रतिनिधिहरु आफ्ना कुरा राख्ने तथा निणर्य प्रकृयामा सहभागी हुने कुरामा अत्यन्त कमजोर देखिएका थिए, अहिलेका जनप्रतिनिधिहरुको अवस्था कस्तो देख्नु हुन्छ ? यदि कमजोर छ भने उनीहरुको क्षमता अभिवृद्धि गर्ने तपाईको कार्यक्रम तथा योजना के छ ?
उहाँहरुलाई हामीले पटक-पटक श्रमता अभिवद्विको तालिम दिने गरेका छौ । तपाईहरुको अधिकार के हो ? कानुनले स्थानीय सरकार संञ्चालन एनेले तपाईको अधिकार के दिएकोे छ त्यससको जानकारी गराएका छौ । कसले के भन्यो मलार्य थाहा छैन तर नगरको बैठकमा सहमति अनुसार बहुमतको साथ कार्यक्रम तथा योजना पास भएको हुन्छ । अहिलेको नयाँ जनप्रतिनिधिको पहिलो बैठकमा समेत ९५ प्रतिशतको उपस्थति रहेको थियो ।
तपाईले राजपुर नगरपालिकामा कतिको काम गर्न सहज महसुस गर्नु भयो ?
एउटा कुरा के कर्मचारीले बुझदिनु पर्छ कि मेरो पदिय जिम्मेवारी के हो ? काम गर्ने कर्मचारीलाई जहाँ पनि सहज छ काम नगर्ने कर्मचारीइलाई कही पनि सहज छैन । पहिला जानु भन्दा अगाडी राजपुरमा काम गर्न कठिन छ भन्ने सुनेका थिए । तर ४ बर्ष २ महिना बिति सक्दा अहिले सम्म संस्थागत रुपमा निणर्य प्रक्रियामा कुनै किसिमको अप्ठारो भएको छैन । जनमानसमा काम गर्दा उतार-चढाव आउछ तर कार्यालय सञ्चालनमा अहिले सम्म बाधा अबरोध आएको छैन ।
अबको ४ बर्ष राजपुरवासीले पालिका सँग के-के आशा राख्न सक्छ ?
निरक्षरलाई साक्षार बनाउन अठोट र प्रतिवद्वता गरेको छांै । बाल विवाह लाई उन्मुलन गर्न नगर सभाबाट पारित भई सकेको छ । सिमान्कृत र दलितलाई कसरी आत्मर्निभर बनाउन सकिन्छ त्यसमा काम गर्दैछौ, हामी छिटै नै सफलता हासिल गर्नेछौ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
राजपुरवासीलाई र्कमचारी परिवारको हैसियतले के भन्न चाहन्छु भने अहिले सस्म गरेका काम कार्वाही, निति तथा कार्यक्रमलाई सबैले आत्मसाथ गरे । राजपुर नगरपालिकालाई दलित र विपन्नलाई समवृद्व बनाउन, विकास उन्मुख बनाउन सम्पूणर् वर्गले आ-आफनो ठाँउबाट नगरपालिकालाई सहयोग गर्दा छिटै नै समवृद्वि र एउटा नमुना नगरपालिका हुनेछ । धन्यवाद !