२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजारमा ऐतिहासिक कीर्तिमान सूचक र कारोबार रकम हालसम्म कै उच्च

सेयर बजारमा ऐतिहासिक कीर्तिमान सूचक र कारोबार रकम हालसम्म कै उच्च


काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार नेप्से परिसूचक १८९३.२४ विन्दुमा रोकिएको थियो भने आज नेप्से  ७५.०२ अंकले बढेर १९६८.२७ अंकमा बन्द भएको छ । यो अहिले सम्मकै उच्च हो ।

 

बिहीबार ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएको थियो भने आज ८० हजार २७१ कारोबारमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँमा  २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर खरिद विक्रि भएको छ ।

आज दिन बैकिङ समूहको उपसूचक ११२.३२ अंकले बढेसँगै कारोबारमा उछाल आएको छ । विकास बैंक, जलविद्युत कम्पनी, वित्त कम्पनी, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचक बढ्दा निर्जीबन बीमा समूहको उपसूचकमा गिरावट आएको छ ।

नेपाल पुनर्बीमा  कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार ८३७ रुपैयाँको सेयर किनबेच भएको छ भने दोस्राेमा कुमारी बैंक र तेस्रो स्थानमा  नबिल बैंक रहेका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ