२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल बैंकले गर्यो लाभांशको घोषणा

सिभिल बैंकले गर्यो लाभांशको घोषणा


काठमाडौं – सिभिल बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको ४०३ औं बैठकले गत आर्थिक २०७८/७९ मुनाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार १९४ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि हाल कायम चुक्ता पुँजीकै ०.२६ प्रतिशतले हुन आउने २ करोड ३८ लाख ८३ हजार ७९९ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत  गरेपछि  लागानीकर्ताले प्रस्तावित लाभांश  पाउनेछन्र ।


क्याटेगोरी : समाचार
ट्याग : #सिभिल बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ