काठमाडौँ । मेगा बैंक नेपाल लि.को १२ औं साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौको प्रदर्शनीमार्गस्थित राष्ट्रसभागृहमा सम्पन्न भएको सभाले गत आर्थिक बर्षका वितरण योग्य मुनाफाबाट हाल कायम भएको चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँको ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ बराबरको बोनस शेयर र ३.७९ प्रतिशतले हुन आउने ६१ करोड २ लाख ४३ हजार २८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निणर्य पारित गरेको हो ।
सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरमा जाने निणर्य पनि पारित गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ९०) कायम गरी प्राप्ती कार्यलाई अन्तिम स्वीकृति दिएको छ ।
सभाले मर्जर प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताको नियुक्ति, उक्त मूल्याङ्कनकर्तालाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, समझदारी पत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूणर् कामकारवाहीहरूलाई स्वीकृति प्रदान गर्नेछ ।