२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्र खुला

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्र खुला


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले कम्पनीले आजबाट आईपीओ बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्यमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साभारण सेयर बिक्री गर्न लागेको हो । ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

 

न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकीने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

आईपीओमा लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौं तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

अहिले १ अर्ब ४० करोड चुक्ता पुँजी रहेका कम्पनीको आईपीओ निष्कासन पछि २ अर्ब पुग्नेछ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ