२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनकाे मूल्य १ लाख ३१ सय रुपैयाँ पुग्यो, चाँदीको भने घट्यो

सुनकाे मूल्य १ लाख ३१ सय रुपैयाँ पुग्यो, चाँदीको भने घट्यो


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनकाे मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको जनाएकाे छ ।

जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेकाे छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९००  रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४००  रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।

 


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ