बायडेन प्रशासनले गैरआप्रवासी रोजगारीमा आधारित भिसा शुल्कमा भारी वृद्धिको प्रस्ताव गरेको छ। यसमा एच — वानबी र एल भिसाहरू (एक कम्पनीबाट अर्कोमा स्थानान्तरण) समावेश छन्। यी भिसा शुल्कहरू अमेरिकी रोजगारदाता कम्पनीहरूले वहन गर्छन्।
यस्तो अवस्थामा यो प्रस्ताव कार्यान्वयनमा आएपछि आप्रवासी कामदार भर्ना खर्चमा ठूलो वृद्धि हुने सम्भावना छ ।
आप्रवासी लगानीकर्ताहरू संग सम्बन्धित ग्रीन कार्डका लागि अब प्रारम्भिक आवेदनको लागि मात्र ११ हजार १६० डलर खर्च गर्नुपर्नेछ। यो प्रस्ताव पुरानो शुल्कमा २०४ प्रतिशतले बढि हो ।
अमेरिकाको नागरिकता र आप्रवासन सेवा (युएससीआईएस) ले मंगलबार राति यो शुल्क बढाउने प्रस्ताव जारी गरेको हो । ४६९ पृष्ठको विस्तृत दस्तावेजमा यो प्रस्ताव समेटिएको छ ।
तर, यो शुल्क वृद्धि तत्काल लागू हुने छैन। प्रशासनिक कार्यविधि अनुसार प्रस्तावमा सार्वजनिक टिप्पणीका लागि ६० दिनको समय दिइएको छ । यस्तो अवस्थामा परिमार्जित शुल्क कार्यान्वयनमा आउन केही महिना लाग्न सक्छ ।
नयाँ प्रस्ताव अन्तर्गत, उच्च दक्ष कामदारहरूको लागि ज्-ज्ञद्य भिसाको आवेदन शुल्क ७० % बढेर ७८० डलर हुनेछ। एच वान भिसा निवेदकहरू जसमध्ये धेरै प्राविधिक कामदारहरू छन्, उनीहरुले पनि पूर्व-दर्ता शुल्कका लागि २१५ डलर तिर्नु पर्ने हुन्छ । हालको साबिक शुल्क डलर १० बाट बढाउन प्रस्ताब गरिएको छ । अस्थायी कृषि र गैर-कृषि कामदारहरूलाई प्रायोजित (स्पोन्सर) गर्नका लागि शुल्क १ हजार डलर भन्दा माथि बढने छ। यो बृद्वी अस्थायी कृषि तर्फ १३७ % र गैर-कृषि तर्फ १३५ % ले हालको स्तरबाट बढ्ने छ ।
अमेरिकी नागरिक र स्थायी बासिन्दाहरूले स्थायी बसोबासको लागि निश्चित परिवारका सदस्यहरूलाई प्रायोजित (स्पोन्सर ) गर्न चाहने (जसलाई ग्रीन कार्ड पनि भनिन्छ), प्रस्तावित नियम अन्तर्गत उनीहरुले उच्च शुल्क तिर्नुपर्नेछ।
ती निबेदनहरूको लागि फाइलिङ शुल्क ३३ % ले बढेर ७१० डलर हुनेछ। आफ्नो मंगेतरलाई अमेरिकामा ल्याउन खोज्ने अमेरिकी नागरिकहरूको शुल्क पनि बढेर ७२० डलर हुनेछ, जुन ३५ % को बृद्वी हो ।
यसैबीच, अमेरिकामा पहिले देखि बसोबास गर्दै आएका आप्रवासीहरूले ग्रीन कार्ड लिनु पर्दा साबिक शुल्कमा ३५ % ले बृद्वी हुन गै १ हजार ,५४० डलर तिर्नु पर्ने छ । अमेरिकी नागरिकता प्राप्त गर्नको लागि निवेदकले फाइलिङ शुल्क १२० डलर तिर्नु पर्ने छ। यसम १९ % ले वृद्धि हुनेछ। असाइलम आवेदनहरू निःशुल्क रहनेछन्।
युएससीआईएसले मंगलबार एक विज्ञप्तिमा केही आबेदनहरूको शुल्क वृद्धि गर्नाका कारण उल्लेख गर्दै एजेन्सीको लागतहरू कभर गर्न, निबेदन समीक्षाको गति बढाउन, थप निणर्यकर्ताहरू भर्ना गर्न, असाइलम कार्यक्रमलाई निरन्तरता दिन र एजेन्सीको लाखौं विचाराधीन मुद्दाहरूको ब्याकलग घटाउन आवश्यक भएको बताएको छ।
युएससीआईएसले ऐतिहासिक रूपमा प्रत्येक दुई वर्षमा शुल्कहरू अद्यावधिक गर्छ, हालको शुल्क संरचना २०१६ को ओबामा प्रशासनको अन्त्य कार्यकालमा गरिएको हो।
प्रस्तावित शुल्क संरचनाले युएससीआईएसलाई २०२० मा सामना गरेको बजेट संकटबाट बच्न मद्दत गर्ने एजेन्सीले तर्क छ । कोभिड-१९ महामारीको सुरुमा युएससीआईएसले आर्थिक संकट र सामूहिक रुपमा कर्मचारी छुट्टीको सामना गर्नु पर्यो , जसले सुरुमा व्यक्तिगत रूपमा अन्तर्वार्ता हुन सकेको थिएन र अध्यागमन आवेदनहरूमा समेत तीव्र गिरावट आएको थियो ।
युएससीआईएस कोषको करिब ९६ प्रतिशत यस्तो फाइलिङ शुल्कबाट लिइन्छ। कोरोना भाइरसको महामारीले अमेरिकी अध्यागमन सेवाको आम्दानीमा पनि असर गरेको छ । कर्मचारी अभावले ग्रस्त अमेरिकी अध्यागमन एजेन्सीले पुराना आवेदनहरु स्वीकृत गर्ने दबाब बढन गएको छ । आफ्नो प्रेस विज्ञप्तिमा एजेन्सीले प्रस्तावित शुल्क युएससीआईएसमा एक व्यापक शुल्क समीक्षाको परिणाम हो भनेको छ ।
ग्लोबल न्यूज ब्रेकमा प्रकाशित समाचारकाे साभार