२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति

आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ जारीको अनुमति पाएको छ ।

बोर्डले आत्मनिर्भर लघुवित्तलाई पुस १७ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो । बोर्डबाट आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबर २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो ।

साधारण सेयर निष्कासनका लागि आत्मनिर्भर लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।  बोर्डले आत्मनिर्भर लघुवित्तलाई चुक्तापुँजीको ३२.६२ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो ।

लघुवित्त   कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, #नेपाल धितोपत्र बोर्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ