२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि


काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जरप्रश्चात पौष २६ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुई बैंकको पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर सम्झौताअनुसार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछन्र।

नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ । मर्जरपछि बनेको बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहनेछ ।

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि  पुस २२ गते राति १० बजेदेखि पुस २६ गते बिहान ९ः४५ बजेसम्म बैंकबाट प्रदान गरिने सेवाहरु (एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ) समेत बन्द रहने प्रभु बैंकले जनाएको छ।

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड छ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रभु बैंक, #सेञ्चुरी कमर्सियल बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ