गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री Karobarpati सोमबार, २०७९ पुस २५ गते, १०:१९ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो । गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ । क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ६ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’