२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाअजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता

अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता


काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ ।

गत असार ३२ गते भएको प्रभु र अजोडबीचको मर्जर सम्झौता भाँडिएसँगै मंगलबार साँझ एक कार्यक्रमका बीच अजोड र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्झौता भएको हो ।

उक्त सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठको उपस्थितिमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन राज पन्तले हस्ताक्षर गरेका हुन ।

यी दूई बीमा कम्पनीबीच १००ः९० स्वाप रेसियो अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ।

प्रभु र अजोड १००ः७० सेयर स्वाप अनुपातमा मर्ज हुने सहमति भएको थियो।


क्याटेगोरी : बीमा
ट्याग : #अजोड इन्स्योरेन्स, #युनाइटेड इन्स्योरेन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ