२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा

छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा


काठमाडौं — छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

छिमेकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ बराबरको २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित २५.२६ प्रतिशत लाभांश मध्ये २२ प्रतिशतका दरले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोनश शेयर र ३.२६ प्रतिशतका दरले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ