गृहपृष्ठ ∕ समाज ∕ आज थुनामुक्त हुँदै सन्दीप लामिछाने आज थुनामुक्त हुँदै सन्दीप लामिछाने Karobarpati शुक्रबार, २०७९ पुस २९ गते, ०८:१४ मा प्रकाशित काठमाडौं-राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ५ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता