काठमाडौ । खल्तीले फेरी पनि आफ्नो चर्चित अफर “खल्ती मा आइफोन १४” ल्याएको छ ।
जस अन्तर्गत प्रयोगकर्ताले मात्र ५० रुपैयाँमा आइफोन १४ जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले ५० रुपैयाँको मोबाइल टपअप गरि आइफोन १४ जित्न सक्छन्। साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० रुपैयाँमा खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्।
आइफोन १४ प्रतिको उत्सुकतालाई थप आकर्शित बनाउँदै खल्तीले ५० रुपैयाँमा आइफोन १४ जित्नको लागि यो अफर ल्याएको हो। खल्ती प्रयोगकर्ताहरूले होमस्क्रिनमा रहेको “खल्तीमा आइफोन १४” खण्डबाट टपअप गर्नुपर्छ।
यस अफरका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने,“खल्तीमा आईफोन” ले हाम्रा प्रयोगकर्ताहरूका लागि सधैं लोभ्याउने प्रस्ताव भएकोले हामी यो अफरप्रति उत्साहित छौं। यसैबीच, यो अफरको सुरुवातसँगै हामी हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल नेपालतर्फ थप उत्प्रेरित गर्न चाहन्छौं।”
अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्। यो अफर पौष २८ देखि फागुन १६ सम्म लागु हुनेछ।
यस लगतै, खल्तीको हाल चलिरहेको “खल्ती मा बैंक लिंक” अफर अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सम्भावना रहेकोछ। “खल्तीमा आइफोन १४” मा टपअप गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरि यो अफरमा पनि सहभागी जनाउन सक्नेछन्।
ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित,खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ।
सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।
खल्ती www.khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।