२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारपछिल्लो ५ महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

पछिल्लो ५ महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत


काठमाडौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांङ अनुसार चालु आर्थिक बर्ष पछिल्लो ५ महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

उक्त तथ्यांङ अनुसार नेप्सेमा विकास ऋणपत्रको लागि ३५ अर्ब, ऋणपत्रको लागि २८ अर्ब ४४ करोड , े साधारण शेयरको लागि ११ अर्ब ५० करोड , बोनस शेयरको लागि ९ अर्ब ७४ करोड , म्युचुअल फण्डको लागि ४ अर्ब ४९ करोड र हकप्रद शेयरको लागि ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ ।

नेपाल धितोपत्र बोर्डले सो अवधिमा १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

जसमा डिबेन्चरको लागि ७ अर्ब २० करोड, म्युचुअल फण्डको लागि ५ अर्ब ९५ करोड , साधारण शेयरको लागि २ अर्ब ४५ करोड र हकप्रद शेयरको लागि ९५ करोड बराबरको रहेको छ ।

नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।

 


क्याटेगोरी : पूँजी बजार
ट्याग : #नेपाल स्टक एक्सचेन्ज लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ