काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत, नेको इन्स्योरेन्स लि १५ प्रतिशत बाेनश सेयर समायोजन भएको हो ।
समायोजनपछि आँधिखोला लघुवित्तको सेयर मूल्य तिकित्ता १ हजार ३६५ रुपैयाँ ७७ पैसा, नेको इन्स्योरेन्सकोे ७७८ रुपैयाँ ४३ पैसामा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन आँधिखोला लघुवित्तको सेयर १ हजार ७७५ रुपैयाँ ५० पैसा, नेको इन्स्योरेन्सकोे ८९५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
म्ांगलबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।