२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङप्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ

प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ


काठमाडौ । प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

आज माघ ५ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहकाबीच अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका  हुन ।

बैंकको  गत पुस २९ गते बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन गरेको थियो ।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको समेतको उपस्थिति थियो ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #प्राइम कमर्सियल बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ