काठमाडौं । अब खल्ती वालेटको एपबाट नेपाल अधिराज्यभरिको २४ वटा भन्दा बढी चलचित्र हलहरुको टिकट खरिद गर्न पाइनेछ ।
पछिल्लो समयमा खल्ती वालेटले चलचित्र हलहरूसँग गरेको साझेदारी पछि खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरू उपलब्ध भएका छन्।
हालै एपमा सिटी म्याक्स सिनेमा बागबजार (काठमाडौँ), सिटी सिनेमा (बिराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी); थपिएका छन्।
केवल ५० सेकेन्डमा चलचित्र टिकटहरू खल्तीबाट किन्न सजिलो बनेको खल्तीले जनाएको छ ।
खल्तीले क्यूएफएक्स, आइएनआइ जस्ता प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिद गर्ने परिभाषा बदलिदै आएको र एउटै एप भित्र २४ भन्दा बढी चलचित्र हलको उपलब्धताले प्रयोगकर्ताको समय र चलचित्र टिकट खरिद गर्न झन्झट कम गर्ने खल्तीको विशवास रहेको छ ।
खल्तीबाट प्रयोगकर्ताहरूले हालहरू, शो टाइम, मूल्य तुलना गर्न र प्राथमिकता अनुसार उपलब्ध उत्कृष्ट सिटहरू छनौट गर्न सक्छन्।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामी खल्तीमा सक्दो धेरै हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन लागि परेका छौँ। हामी चलचित्र हलहरुमा मात्र सीमित रहने छैनौँ , भविष्यमा प्रयोगकर्ताको सहजता र सुविधाका लागि नेपालभरिबाट विभिन्न कार्यक्रम र अन्य टिकट सुविधा थप ल्याउनेछौँ।”
ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ।
खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ। सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, कार्यक्रम टिकट तथा रजिस्ट्रेसन, बीमा शुल्क, इ- कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।
खल्ती www.khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।