२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङआत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं

आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं


काठमाडौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले माघ १६ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र आगामी फागुन ११ गते देखि सर्वसाधारणका लागि आइंपीओ जारी गर्नै भएको छ ।

आत्मनिर्भर लघुवित्तले चुक्तापुँजीको ३२.६२ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

निष्कासन गर्ने लागेको २ लाख ३ हजार ३८० कित्ता मघ्ये २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि त्यस्तै ३ हजार १७७ कित्ता लघुवित्त कम्पनीमा कार्यगत कर्मचारीको लागि र १० हजार १७० कित्ता सामुहिक लगानी कोषको लागि छुटा्यएको छ ।

बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्ने लागेको हो ।

निष्कासित शेयरमा सर्वसाधारणले आगामी फागुन १५ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे फागुन २५ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
त्यस्तै,वैदेशिक रोजगारीमा रहेकाहरुले माघ १६ गतेसम्म देखि फागुन १ गते सम्ममा आवेदन दिन सकेन्छन् । लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।

साधारण सेयर निष्कासनका लागि आत्मनिर्भर लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #आत्मनिर्भर लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ