२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा


काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्।

भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने जनाइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

विघटन पछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निणर्य गरेको छ । नेकपाको केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निणर्य गरिएको छ।


क्याटेगोरी : राजनीति, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ