२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङ५६.६७ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा

५६.६७ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा


काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा खुद मुनाफातर्फ ३.४१ अर्ब आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ५६.६७ प्रतिशतले बढेको हो ।

बैंकले चालु आव दोस्रो त्रयमाससम्ममा कुल कर्जा रकम ३ खर्ब १५ अर्ब र कुल निक्षेप संकलन ३ खर्ब ४७ अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैकको कुल सञ्चालन आम्दानी ६८.६२ प्रतिशतले वृद्धी भएको छ । यस अवधिमा ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी रहेको छ ।
बैंकको यस अवधिमा सञ्चालन मुनाफा ४ अर्ब ८६ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै,बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ ।
यस अवधिसम्म २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #नबिल बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ