काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ३८.५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको माघ ०९ गते बसेको सञ्चालक समितिको १४१ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँ बराबरको ३८.५ प्रतिशतका दरले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४.८० बोनश शेयरको प्रस्ताव गरेको छ ।
नेशनलले साविकको महिला सहयात्रा लघुवित्तलाई २०७८ असार ३० गते प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आ.व वर्ष सम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् ।
त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई स्पष्टिकरण पेश गर्ने निर्देशन दिएको छ ।
लघुवित्त कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ व्यवस्था विपरीत कार्य गरेको हुनाले नेप्सेले स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय (२)१ मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निणय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि त्यस्तो सूचना, जानकारी तथा निणय सम्बन्धित सृचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नु पर्ने व्यवस्था रहेकोमा नेशनलले
उक्त व्यवस्था पालना नगरी लाभांश प्रस्तावसम्बन्धी सूचना पठाएकोले धितोपत्र सम्बन्धी कारोबार स्थगित गरेको जनाएको छ । नेप्सेले नेशनललाई ३ कार्यदिनभित्र के कति कारणले समयमानै जानकारी दिन नसकेको सो सम्बन्धमा स्पष्टिकरण पेस गर्ने भनेको छ ।
नेशनलले आज बिहान ११ः०४ बजे नट्समार्फत लाभांश प्रस्तावसम्बन्धी जानकारी नेप्सेमा पठाएको थियो ।
![](data:image/svg+xml,%3Csvg%20xmlns='http://www.w3.org/2000/svg'%20viewBox='0%200%201700%202200'%3E%3C/svg%3E)