काठमाडौं – सेयर बजार मंगलबार बढेको छ । नेप्से परिसूचकमा ८.१५ अंकले बढेर २१७३.२५ विन्दुमा आएर रोकिएको छ ।
आजको दिन २४८ कम्पनीको ८३ लाख १८७ कित्ता सेयर ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँमा सेयर खरिदबिक्रि भएको छ ।
यस्तै, आज नेपाल टेलिकमकोे सर्वाधिक सेयर कारोबार भएको छ । टेलिकमको १२ करोड ९१ लाख ७ हजार भन्दा ३९६ रुपैयँाँ बराबरको सेयर बिक्री भएको छ ।
त्यस्तै, शिव श्री हाइड्रोपावरको १० करोड ४१ लाख,अपी पावर कम्पनीको ९ करोड ३० लाख, अपर तामाकोशीको ९ करोड ६३ लाख र एनआईसी एसीया बैंकको ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै,सानिमा जिआईसी बिमाको १० प्रतिशत, शूर्योदय वमी लघुवित्त बित्तीय संस्थाको ९.७७ प्रतिशत, र शिव श्री हाइड्रो पावरको ९.०२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यस्तै, कुल १०९ कम्पनीको सेयरको मूल्य उकलो लागेको छ भने ८९ कम्पनीको सेयरको मूल्यमा ओरालो लागेको छ । साथै १० कम्पनी भने स्थिर छ । आज १३ उप सुचकहरु मध्ये बैंकिङ र म्युचुअल फण्ड, लगानी र उत्पादनबाहेक सबै कम्पनीको सेयरमा उकालो लागेको छ ।