२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसबैको लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ?

सबैको लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ?


काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १८.९५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको १२० औं बैठकले आर्थिक वर्ष २०७८—७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी २७ करोड  रुपैयाँ बराबरको १८.९५ प्रतिशत लाभाशको प्रस्ताव गरेको छ ।

प्रस्तावित कुल लाभांश मघ्ये १८ प्रतिशतका दरले हुन आउने ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनश शेयर र ०.९५ प्रतिशतका दरले हुन आउने २५ लाख ५७ हजार ८९४.७४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #सबैको लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ