२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररवि लामिछाने लिए नागरिकताको प्रमाणपत्र

रवि लामिछाने लिए नागरिकताको प्रमाणपत्र


काठमाडौं । रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

‘उहाँ (रवि लामिछाने)ले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

सर्वाेच्चको सोआदेशको भोलिपल्ट हिजो शनिबार परेको र आज आइतबार कार्यालय समय सुरु भएसँगै लामिछाने नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ