२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२५ फागुनमा राष्ट्रपतिको निर्वाचन, ३ चैत उपराष्ट्रपतिको चुनाव

२५ फागुनमा राष्ट्रपतिको निर्वाचन, ३ चैत उपराष्ट्रपतिको चुनाव


 

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचन आगामी २५ फागुनमा गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु चार दिनअघि २५ फागुनमा राष्ट्रपति पदको निर्वाचनको मिति आयोगले तय गरेको हो ।
सोमबार बसेको आयोगको बैठकले २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी २९ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल सकिँदै छ ।
साथै आयोगले आगामी ३ चैतमा उपराष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ